गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस


sanchar patra

१९ भदौ, गुल्मी । नेकपा एमालेले गुल्मी क्षेत्र नम्बर–१ मा प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको रिडीमा बसेको भेलाले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए ।

ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका छन् । उनी ०७० सालमा भने नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँग पराजित भएका थिए ।

गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले क्षेत्र नम्बर–२ को भेलाले गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

सिफारिस भएकामध्ये बिष्ट ३ पटकसम्म निर्वाचित सांसद हुन् । बिष्ट ०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन् ।

बिष्ट ०६४ सालमा माओवादी केन्द्रका सागर थापासँग पराजित भएका थिए । सिफारिस भएकामा राजेन्द्र अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् भने शेषकान्त गौतम एमाले गुल्मीका नेता हुन् ।

क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सिता भण्डारी, प्रकाश काफ्लेको नाम सिफारिस भएको छ ।

प्रदेश (ख) मा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेको नेकपा एमाले गुल्मीले जनाएको छ ।

।यसै गरि क्षेत्र न १ प्रदेश सभा क का लागि चिन्तामणि पाण्डे ,युवराज न्यौपाने ,हिम बहादुर क्षेत्रि ,रामचन्द्र न्यौपाने चन्द्रा पराजुली र फर्सु श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
क्षेत्र १ प्रदेश ख मा कमलराज श्रेष्ठ ,मधुकृष्ण पन्त ,फर्सुराम पाण्डे ,भिमलाल पौडेल ,बिष्णु पौडेल ,पदम अर्याल र जँग नेपाली सिफारिस भएका छन ।
क्षेत्र १ का पार्टी नेता कार्यकर्ता ,वडा कमिटी सदस्य ,जन प्रतिनिधि हरुको ठुलो सँख्यामा एमाले जनको रिडीबजारमा उपस्थित रहेको थियो ।

छुटाउनुभयो कि ?

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...