गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस


sanchar patra

१९ भदौ, गुल्मी । नेकपा एमालेले गुल्मी क्षेत्र नम्बर–१ मा प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको रिडीमा बसेको भेलाले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए ।

ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका छन् । उनी ०७० सालमा भने नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँग पराजित भएका थिए ।

गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले क्षेत्र नम्बर–२ को भेलाले गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

सिफारिस भएकामध्ये बिष्ट ३ पटकसम्म निर्वाचित सांसद हुन् । बिष्ट ०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन् ।

बिष्ट ०६४ सालमा माओवादी केन्द्रका सागर थापासँग पराजित भएका थिए । सिफारिस भएकामा राजेन्द्र अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् भने शेषकान्त गौतम एमाले गुल्मीका नेता हुन् ।

क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सिता भण्डारी, प्रकाश काफ्लेको नाम सिफारिस भएको छ ।

प्रदेश (ख) मा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेको नेकपा एमाले गुल्मीले जनाएको छ ।

।यसै गरि क्षेत्र न १ प्रदेश सभा क का लागि चिन्तामणि पाण्डे ,युवराज न्यौपाने ,हिम बहादुर क्षेत्रि ,रामचन्द्र न्यौपाने चन्द्रा पराजुली र फर्सु श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
क्षेत्र १ प्रदेश ख मा कमलराज श्रेष्ठ ,मधुकृष्ण पन्त ,फर्सुराम पाण्डे ,भिमलाल पौडेल ,बिष्णु पौडेल ,पदम अर्याल र जँग नेपाली सिफारिस भएका छन ।
क्षेत्र १ का पार्टी नेता कार्यकर्ता ,वडा कमिटी सदस्य ,जन प्रतिनिधि हरुको ठुलो सँख्यामा एमाले जनको रिडीबजारमा उपस्थित रहेको थियो ।

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...