गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभा र्निवाचनका लागि नेकपा एमाले बाट ज्ञवाली सर्वसहमत सिफारिस


कृष्ण अन्जान
१९ भदौ, रिडीबजार गुल्मी

मंसिर चारमा संघिय र प्रदेश निर्वाचनलाई लक्षित गरि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले निर्वाचन क्षेत्र समन्वय कमिटी बैठक गुल्मी जिल्लामा आयोजना गरेको छ ।
भाद्र १८ गते गुल्मी निर्वाचन क्षेत्र न २ को समन्वय समिति बैठक सम्पन्न गरि क्षेत्र न १ को निर्वाचन क्षेत्र समन्वय कमिटीले बैठक भाद्र १९ गते रुरुक्षेत्रको रिडीबजारमा आयोजना गरेको छ ।
निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र १ को बैठकमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप कुमारी ज्ञवालीले गठबन्धनको भयको मनोविज्ञानबाट मुक्त हुँदै निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन ।
उनले परमादेश बाट कसरी एमालेलाई सत्ताबाट हटाईयो भन्ने कुरा पापधुरीबाट कराउँछ भनेझै सर्वोच्च अदालत जस्तो ठाउँमा सेटिँग गरिएको कुरा बाहिर आएको नेता प्रदिप ज्ञवालीले बताए ।
गठबन्धनले जित्दा देश दुर्घटनामा जाने हुँदा राष्ट्रिय स्वाभिमान कायम राख्दै सत्तालाई भागवण्डाको थलो नबनाउन राज्य नेतृत्वमा एमालेले जित्नु पर्ने एमाले नेता ज्ञवालीको भनाई थियो ।


सँघिय र प्रादेशिक निर्वाचनमा देश र जनताका पक्षमा निर्णायक लडाइँ र अग्निपरिक्षामा होमिन गुल्मी क्षेत्र न १ का सँघिय सदस्य समेत रहेका एमाले नेता प्रदिप कुमार ज्ञवालीले आह्वान गरे ।
बैठकमा निर्देशन दिँदै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका पार्टीका गुल्मी इन्चार्ज दिनेश पन्थीले उम्मेदवार सिफारिस गर्ने भन्ने विषयमा पार्टीको नियम सुनाए ।
बैठकमा बोल्दै नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष बालशिँह काउछाले पार्टीको नीति विधि पद्धति र अनुशासमको गम्भिर्यतामा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।
यसैविच नेकपा एमाले गुल्मी सँघिय निर्वाचनमा क्षेत्र न १बाट सर्वसम्मत रुपमा नेकपा एमालेका महासचिव प्रदिप कुमार ज्ञवालीको नाम सिफारिस गरिएको छ ।
पार्टी नेता चक्रपाणी गौतमको प्रस्तावमा ध्वनिमतका साथ कार्यकर्ताहरुले एकल उम्मेदवारको रुपमा प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार सिफारिस गरिएको हो ।यसै गरि क्षेत्र न १ प्रदेश सभा क का लागि चिन्तामणि पाण्डे ,युवराज न्यौपाने ,हिम बहादुर क्षेत्रि ,रामचन्द्र न्यौपाने चन्द्रा पराजुली र फर्सु श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
क्षेत्र १ प्रदेश ख मा कमलराज श्रेष्ठ ,मधुकृष्ण पन्त ,फर्सुराम पाण्डे ,भिमलाल पौडेल ,बिष्णु पौडेल ,पदम अर्याल र जँग नेपाली सिफारिस भएका छन ।
क्षेत्र १ का पार्टी नेता कार्यकर्ता ,वडा कमिटी सदस्य ,जन प्रतिनिधि हरुको ठुलो सँख्यामा एमाले जनको रिडीबजारमा उपस्थित रहेको थियो ।

छुटाउनुभयो कि ?

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...