रुरुक्षेत्रमा शुरु गर्यो एमालेले प्रशिक्षण सहित प्रचारात्मक अभियान


कृष्ण अन्जान
रुरु
नेकपा एमाले निकट कार्यकर्ताका लागि प्रचारात्मक प्रशिक्षणको प्याकेज बोकेर रुरुक्षेत्र गाउँपालिका कमिटी वडाहरुमा पसेको छ ।
भदौ १८ गतेबाट श्रृङखलाबद्ध रुपमा हरेक वडाहरुमा आयोजना हुने प्रशिक्षणको पहिलो कक्ष रुरुक्षेत्र वडा न २ को निरकुंशकालको ऐतिहासिक सेल्टर सटाखोला र रुरुक्षेत्र ३ को थानपति एकैपटक शुरु गरिएको छ ।
मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिन र जनताको बहुदलीय जनवाद ,समाजवादमा पुग्ने आधार ,पार्टीको बर्तमान कार्यनीति आगामी निर्वाचनका विषयमा केन्द्रित रहि प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको छ ।
रुरुक्षेत्र गाउँपालिक वडा न २ मा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि विषयमा नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका प्रदेश साँसद कमल राज श्रेष्ठल प्रशिक्षण दिएका थिए भने ,पार्टीका लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद ज्ञवालीले जनताको बहुदलीय जनवाद र समाजवाद निर्माणका आधार विषयमा ,नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले पार्टीको तत्कालीन कार्यनीति र आसन्न निर्वाचन र नेकपा एमाले गुल्मीका प्रचारप्रसार तथा प्रकाशन विभागका सदस्य कृष्ण ज्ञवालीले पार्टी प्रचारप्रसारका बारेमा प्रशिक्षण दिएका थिए ।
रुरुक्षेत्र गाउँपालिका वडा न २ एमाले पार्टी कमिटीका अध्यक्ष माधव ज्ञवालीको अध्यक्षतामा भएको प्रशिक्षणमा कार्यक्रम सन्चालन पार्टी सचिव चिरन्जिवि अर्यालले गरेका थिए।


यता शनिवार नै रुरुक्षेत्र ३ थानपतिमा आयोजित प्रशिक्षणमा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि विषयमा एमाले नेता कमल राज श्रेष्ठ , जन सँगठन र पार्टीको भुमिका विषयमा एमाले गुल्मी जिल्ला कमिटी सदस्य लक्ष्मी पन्थ , जनताको बहुदलीय जनवाद र समाज निर्माणका आधार हरु विषयमा एमाले जिल्ला कमिटी सदस्य शेषनारायण पौडेल ,पार्टीको तत्कालीन कार्यनीति र आसन्न निर्वाचनमा पार्टीको भुमिका विषयमा नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिका ईन्चार्ज हिमाल श्रेष्ठ ,र पार्टीको प्रचारप्रसार सम्बन्धि विषयमा नेकपा एमाले जिल्ला प्रचारप्रसार तथा प्रकाशन विभागका सदस्य कृष्ण ज्ञवालीले प्रशिक्षण दिएका थिए ।
रुरुक्षेत्र ३ थानपतिमा आयोजित पार्टी प्रशिक्षणको अध्यक्षता एमाले वडा कमिटी अध्यक्ष तिलक राज ज्ञवाली ले गरेका थिए भने कार्यक्रम सन्चालन पार्टी सचिव लोकनाथ ज्ञवालीले गरेका थिए ।
दुवै प्रशिक्षण हरुमा पार्टीका सँगठित सदस्यहरुको व्यापक उपस्थित रहेको थियो ।
शनिवार बाट पहिला चरणको प्रशिक्षण कार्यक्रम वडा न २ र ३ मा प्रशिक्षण सम्पन्न गरेको र भाद्र २० गते वडा न ५ र ६ मा र भाद्र २५ गते वडा न १ र ४ मा प्रशिक्षण कार्यक्रम गरिने प्रशिक्षक शेषनारायण पौडेलले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...