७० जिल्लामा डेङ्गीको सङ्क्रमण : ललितपुरमा सबैभन्दा धेरै, ८० प्रतिशतलाई लक्षण नै देखिँदैन


काठमाण्डाै – ७० जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र प्रदेश-१ का १० जिल्लामा डेङ्गीको सङ्क्रमण धेरै फैलिएको छ ।

दाहालका अनुसार डेङ्गीको सङ्क्रमण भए पनि ८० देखि ८५ प्रतिशतलाई लक्षण देखिँदैन । त्यसैले सामान्य लक्षण देखिनासाथ उपचारमा जान उहाँको सुझाव छ ।

सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८ सय ५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा  दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका छन् ।

१७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ । गएको वर्ष ५८ जिल्लामा डेङ्गी फैलिएको थियो भने त्यतिबेला डेङ्गीबाट पाँच सयको हाराहारीमा बिरामी परेका सरकारी तथ्याङ्क छ ।

२०७६ सालमा भने डेङ्गी फैलिएको थियो । त्यतिबेला १० हजारभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण भएको थियो । यसपालि पनि डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण फैलिन थाले पछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय सरकारसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ । तर, डेङ्गी रोकथामका लागि यो मात्रै पर्याप्त नभएको डाक्टर दाहालले बताउनुभयो । डेङ्गीको सङ्क्रमण रोकथामका लागि व्यक्ति आफैँ सचेत हुनुपर्नेमा उहाँको जोड छ । डेङ्गी सङ्क्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो जातको लामखुट्टेले प्राय उज्यालोमा टोक्ने गर्छ भने  सफा पानीमा फुल पार्छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार एडिस जातको लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि बढी सक्रिय हुन्छ । त्यसैले यो समयमा बढी सचेत हुनुपर्छ । ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु डेङ्गीका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ उपचारमा नगए गम्भीर स्वास्थ्य समस्या देखिने भएकाले बेलैमा अस्पताल जान डाक्टरको सुझाव छ ।

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...