दूईवटा मोटरसाईकल ठक्कर खांदा शंकरनगरका दिदि भाईको ज्यानगयो


बुटवल भदौ १२ रुपन्देहीको तिलोत्तमामा नगरपालिका वडा नं ६ गोर्कट्टामा दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा २ जनाको ज्यान गएको छ।दुर्घटनाबाट ज्यान गुमाउनेमा तिलोत्तमा नगरपालिका ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाइ ७ वर्षिय सुग्रीम खराल रहेका छन्। घटनामा थप दुई जना घाईते भएका छन्।मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको बुलेट मोटरसाईकल र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको पल्सर मोटरसाईकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन्।त्यसैगरी दुर्घटनामा परि सुद्धोधन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाईते रहेको प्रहरीले जनाएको छ। उनीहरुको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको छ ।

लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल आईतवार साँझ ६ बजेतिर एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...