दूईवटा मोटरसाईकल ठक्कर खांदा शंकरनगरका दिदि भाईको ज्यानगयो


बुटवल भदौ १२ रुपन्देहीको तिलोत्तमामा नगरपालिका वडा नं ६ गोर्कट्टामा दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा २ जनाको ज्यान गएको छ।दुर्घटनाबाट ज्यान गुमाउनेमा तिलोत्तमा नगरपालिका ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाइ ७ वर्षिय सुग्रीम खराल रहेका छन्। घटनामा थप दुई जना घाईते भएका छन्।मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको बुलेट मोटरसाईकल र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको पल्सर मोटरसाईकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन्।त्यसैगरी दुर्घटनामा परि सुद्धोधन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाईते रहेको प्रहरीले जनाएको छ। उनीहरुको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको छ ।

लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल आईतवार साँझ ६ बजेतिर एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...