सरकारलाई एमालेको प्रश्न : मौका नपाएर मात्र मण्डले नभएको हो ?


१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको बताएको छ । विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नभएपछि होटलमा गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै एमालेले प्रधानमन्त्रीमाथि नै प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताए । सत्ता निकट विद्यार्थी संगठनले नै विश्वविद्यालयमा ताला लगाएको र बैठक बस्ने अवस्था नभएपछि होटलमा जाँदा माइन्युट खोसिएको भन्दै उनले आपत्ति जनाए ।

‘आज देशको प्रधानमन्त्री कुनै बेला नेपाल विद्यार्थी संगठनको नेतृत्व गर्नुहुन्थ्यो । आजका गृहमन्त्री कुनै बेला त्यो संगठनको नेतृत्व गर्नुहुन्थ्यो । युनिभर्सिटीमा पढ्दा तत्कालीन पञ्चायतका गुण्डाहरुले आक्रमण गर्दा उहाँहरु पनि पर्नु भएको होला भन्ने ठान्छु,’ उनले भनेका छन्, ‘के अब उहाँहरुले त्यही अवतारमा आफ्नो विद्यार्थी संगठनलाई लैजान खोज्नु भएको हो ?’

उनले अघि भने, ‘उहाँहरुले दिने स्कुलिङ यही हो कि विश्वविद्यालयका प्राध्यापकहरुलई कुट, तिमीहरुलाई केही भयो भने प्रहरीबाट प्रोटेक्सन दिन्छौं । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं । कस्तो सन्देश दिन खोज्दैछौं हामी ? के मौका नपाएर मात्र मण्डले नभएको हो ?’

विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाए । यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग गरे । नभए संसद अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गरेका छन् ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...