सरकारलाई एमालेको प्रश्न : मौका नपाएर मात्र मण्डले नभएको हो ?


१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको बताएको छ । विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नभएपछि होटलमा गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै एमालेले प्रधानमन्त्रीमाथि नै प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताए । सत्ता निकट विद्यार्थी संगठनले नै विश्वविद्यालयमा ताला लगाएको र बैठक बस्ने अवस्था नभएपछि होटलमा जाँदा माइन्युट खोसिएको भन्दै उनले आपत्ति जनाए ।

‘आज देशको प्रधानमन्त्री कुनै बेला नेपाल विद्यार्थी संगठनको नेतृत्व गर्नुहुन्थ्यो । आजका गृहमन्त्री कुनै बेला त्यो संगठनको नेतृत्व गर्नुहुन्थ्यो । युनिभर्सिटीमा पढ्दा तत्कालीन पञ्चायतका गुण्डाहरुले आक्रमण गर्दा उहाँहरु पनि पर्नु भएको होला भन्ने ठान्छु,’ उनले भनेका छन्, ‘के अब उहाँहरुले त्यही अवतारमा आफ्नो विद्यार्थी संगठनलाई लैजान खोज्नु भएको हो ?’

उनले अघि भने, ‘उहाँहरुले दिने स्कुलिङ यही हो कि विश्वविद्यालयका प्राध्यापकहरुलई कुट, तिमीहरुलाई केही भयो भने प्रहरीबाट प्रोटेक्सन दिन्छौं । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं । कस्तो सन्देश दिन खोज्दैछौं हामी ? के मौका नपाएर मात्र मण्डले नभएको हो ?’

विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाए । यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग गरे । नभए संसद अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गरेका छन् ।

छुटाउनुभयो कि ?

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...