रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजद्धारा वृद्धाआश्रममा खाद्य सामग्री सहयोग ।


११ भदौ, बुटवल

आज कुशेऔंसी को अवसर पारेर रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजले बुटवल २ पाखापानीमा अवस्थित सिद्धबाबा दुर्गा मन्दिरको वृद्धाआश्रममा विभिन्न खाद्य सामग्री सहयोग गरेको छ । समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धालाई लक्षित गरी केही खाद्यान्न सामग्री हस्तान्तरण गरेको सम्पर्क समाजका अध्यक्ष ऋषिराम खनालले जानकारी दिनुभएको छ । तिज पर्वको अवसर पारी त्यहाँ रहेका बृद्ध बृद्धाहरु ले पनि रमाइलो गरी दरखाने कार्यक्रम गरुन भन्ने उदेश्य राखी कार्यक्रम राखिएको अध्यक्ष खनालको भनाई थियो । समाजले चामल , दाल ,नुन, तेल लगायत १७ प्रकारका खाद्यान्न तथा फलफूलहरु वितरण गरेको छ्र । गुल्मी साविकको अर्खले गाविस वार्ड न ३,४ सेरोफेरोमा जन्म भई अहिले रुपन्देहीको बुटवल लगायतका आसपासका क्षेत्रमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागितामा समाज गठन गरिएको छ । आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफ्नो बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन भातृत्व लाई अझै नजिक ल्याउन सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने विभिन्न समस्या र दुःखमा परेका व्यक्तिहरुलाई सहयोग प्रदान गर्ने , आफ्नो जन्मभूमि प्रतिको माया र कर्तव्यलाई नर्बिसने उदेश्यका साथ समाजले विभिन्न कार्यक्र गर्दै आएको समाजका उपाध्यक्ष नर प्रसाद खनालले बताउनु भएको छ । शुक्रबार समाजमा आवद्ध रहेका सदस्यहरुलाई शुभकामना आदनप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको समाजले आज शनिबार वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई केहि सहयोग होस् भन्ने उद्देश्यका साथ खाद्य सामग्री उपलब्ध गराएको समाजका सदस्य बिष्णु खनालले जानकारी दिनुभएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष ऋषिराम खनाल, उपाध्यक्ष नर प्रसाद खनाल, सहसचिव चिन्तामणी खनाल, बचत परिचालन समितिका कोषाध्यक्ष खुम बहादुर कुँवर ,सदस्य दुर्गा प्रसाद खनाल ,प्रकाश पन्थी लगायतको उपस्थिति रहेको थियो

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...