रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजद्धारा वृद्धाआश्रममा खाद्य सामग्री सहयोग ।


११ भदौ, बुटवल

आज कुशेऔंसी को अवसर पारेर रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजले बुटवल २ पाखापानीमा अवस्थित सिद्धबाबा दुर्गा मन्दिरको वृद्धाआश्रममा विभिन्न खाद्य सामग्री सहयोग गरेको छ । समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धालाई लक्षित गरी केही खाद्यान्न सामग्री हस्तान्तरण गरेको सम्पर्क समाजका अध्यक्ष ऋषिराम खनालले जानकारी दिनुभएको छ । तिज पर्वको अवसर पारी त्यहाँ रहेका बृद्ध बृद्धाहरु ले पनि रमाइलो गरी दरखाने कार्यक्रम गरुन भन्ने उदेश्य राखी कार्यक्रम राखिएको अध्यक्ष खनालको भनाई थियो । समाजले चामल , दाल ,नुन, तेल लगायत १७ प्रकारका खाद्यान्न तथा फलफूलहरु वितरण गरेको छ्र । गुल्मी साविकको अर्खले गाविस वार्ड न ३,४ सेरोफेरोमा जन्म भई अहिले रुपन्देहीको बुटवल लगायतका आसपासका क्षेत्रमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागितामा समाज गठन गरिएको छ । आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफ्नो बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन भातृत्व लाई अझै नजिक ल्याउन सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने विभिन्न समस्या र दुःखमा परेका व्यक्तिहरुलाई सहयोग प्रदान गर्ने , आफ्नो जन्मभूमि प्रतिको माया र कर्तव्यलाई नर्बिसने उदेश्यका साथ समाजले विभिन्न कार्यक्र गर्दै आएको समाजका उपाध्यक्ष नर प्रसाद खनालले बताउनु भएको छ । शुक्रबार समाजमा आवद्ध रहेका सदस्यहरुलाई शुभकामना आदनप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको समाजले आज शनिबार वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई केहि सहयोग होस् भन्ने उद्देश्यका साथ खाद्य सामग्री उपलब्ध गराएको समाजका सदस्य बिष्णु खनालले जानकारी दिनुभएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष ऋषिराम खनाल, उपाध्यक्ष नर प्रसाद खनाल, सहसचिव चिन्तामणी खनाल, बचत परिचालन समितिका कोषाध्यक्ष खुम बहादुर कुँवर ,सदस्य दुर्गा प्रसाद खनाल ,प्रकाश पन्थी लगायतको उपस्थिति रहेको थियो

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...