नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस


६ भदौ ,बुटवल एमसीसी सम्झौता खारेज, तत्कालीन ओलि सरकारसँग विप्लव नेतृत्वको नेकपाले गरेको तीन बुदे सम्झौताको पालना र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ एवं केही दिनअघि मात्र आफ्नो पार्टी महासचिव लगायत  केन्द्रीय नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहित आन्दोलनमा होमिएको नेकपा सहितका ४ दलले आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न स्थानमा मसाल जुलुस गरेका छन् ।
सो क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले ठाउँ ठाउँमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । 
सयौंको संख्यामा रहेका नेता तथा कार्याकर्ताले बुटवलको बेलवासमा मशाल जुलुस तथा नारावाजी सहित भोलिको नेपाल बन्द सफल पार्न आह्वान गरेका थिए । उक्त जुलुसको नेतृत्व बुटवल नगर इन्चार्ज  विरेन्द्र बिकले गरेका थिए ।
उता रुपन्देहीकै सैनामैना नगरपालिकाको बाँसगढीमा मशाल जुलुस सम्पन्न भएको छ । यसैगरी रुपन्देहीको देवदह नगरपालिकाकै शंकरपुर चौडाहामा ‘क. शिशिर’ को नेतृत्वमा मशाल जुलुस तथा कोणसभा सम्पन्न भएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...