नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस


६ भदौ ,बुटवल एमसीसी सम्झौता खारेज, तत्कालीन ओलि सरकारसँग विप्लव नेतृत्वको नेकपाले गरेको तीन बुदे सम्झौताको पालना र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ एवं केही दिनअघि मात्र आफ्नो पार्टी महासचिव लगायत  केन्द्रीय नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहित आन्दोलनमा होमिएको नेकपा सहितका ४ दलले आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न स्थानमा मसाल जुलुस गरेका छन् ।
सो क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले ठाउँ ठाउँमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । 
सयौंको संख्यामा रहेका नेता तथा कार्याकर्ताले बुटवलको बेलवासमा मशाल जुलुस तथा नारावाजी सहित भोलिको नेपाल बन्द सफल पार्न आह्वान गरेका थिए । उक्त जुलुसको नेतृत्व बुटवल नगर इन्चार्ज  विरेन्द्र बिकले गरेका थिए ।
उता रुपन्देहीकै सैनामैना नगरपालिकाको बाँसगढीमा मशाल जुलुस सम्पन्न भएको छ । यसैगरी रुपन्देहीको देवदह नगरपालिकाकै शंकरपुर चौडाहामा ‘क. शिशिर’ को नेतृत्वमा मशाल जुलुस तथा कोणसभा सम्पन्न भएको छ ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...