झाक्रीद्धारा गुल्मी २ बाट चुनाब लड्ने घोषणा ,झुटा आश्वासनले गुल्मीका जनता आजित भएको हुदा आफुले जित्ने दावी


५ भदौ, गुल्मी । नेपाल एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेकी छन् ।आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने बताइन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस्’, उनले भनिन् ।झुटा आश्वासनले गुल्मीका जनता आजित भएकाले विकल्प खोजेको भन्दै उनले त्यसको छिनोफानो मंसिर ४ को निर्वाचनले गर्ने बताइन् ।

एमालेतर्फ संकेत गर्दै उनले ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा’ भएपछि छटपटी बढेको सुनाइन् ।गुल्मी २ का बहालवाला सांसद गोकर्ण विष्ट नेकपा एमालेका सचिव हुन् । पछिल्लो चार वटा चुनाव लडेका विष्ट पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाहेक निर्वाचित भएका थिए । उनी यो पटक पनि उम्मेदवार बन्ने निश्चित जस्तै छ ।विष्ट र झाँक्री लामो समय एमालेमै थिए । तर २ भदौ २०७८ मा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा झाँक्री सचिव छन् ।

यो पटक विष्टसँग प्रतिस्पर्धा गर्नुअघि रामकुमारीले टिकटका लागि सत्ता गठबन्धनमा सहमति जुटाउनुपर्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका डा. दामोदर भुसाल पनि आकांक्षी छन् ।सत्ता गठबन्धनले साझा उम्मेदवार उठाए कडा प्रतिस्पर्धा हुने स्थानीय निर्वाचनको मत परिणामले देखाउँछ ।स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा गुल्मीमा एमाले सबभन्दा बलियो दल हो । एमालेले ३१ हजार २५३ मत पाएको छ भने झाँक्रीको दल एकीकृत समाजवादीको मत जम्मा ६५८ देखिन्छ । तर सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसको २९ हजार ८२१ र माओवादी केन्द्रको १८४१ मत छ ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...