उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस सम्पन्न: मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको ठहर


बुटवल
बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको वताएका छन्।
कार्यक्रममा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेपनि राज्य औद्योगिक विकासमा गम्भिर नभएको र दीर्घकालिन सोंच बिचार समेत नगरेका कारण मुलुकभर घोषणा भएका औद्योगिक क्षेत्र घोषणमै सिमित रहेको वताएका छन्। रुपन्देही औद्योगिक विकासका लागि राम्रो सम्भावना रहेको क्षेत्र भएपनि कानुनी उल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपना, विकासको दीर्घकालिन रणनीति नहुँदा अंगाडि सारिएका आयोजना समेत अन्यौलमा रहेको उनले बताए । बुटवलको मोतिपुर औद्योगिक क्षेत्र र भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) त्यसैका ज्वलन्त उदाहरण भएको उनको भनाई थियो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आसन्न प्रतिनीधि सभाको निर्वाचन पछि मुलुक नयाँ दिशामा अगाडि बढ्न आशा व्यक्त गर्दै निर्वाचन अंगाडि आएका दलका घोषणा पत्रमा आर्थिक क्षेत्र समेटिनु सकारात्मक भएको टिप्पणी गरे । उनले दल तथा उम्मेद्वारहरुलाई सक्ने र हुने कुरा मात्रै गरेर मत माग्न आग्रह गरे । आगामी चैतको अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनपछि विधानअनुसार स्वतः अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हकहित तथा व्यवसायिक प्रवद्र्धन, मुलुकको अर्थतन्त्रमा योगदान र सरकारको आर्थिक सल्लाहकारको रुपमा महासंघले प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई स्थानीय सरकार तथा महासंघको प्रदेश समितिलाई प्रदेश सरकारमा आर्थिक सल्लाहकारको भूमिका राख्नेगरी योजना बनाएको बताए । महासंघमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ३० वर्ष योगदान गरेको बताउँदै लामो अनुभव र सिकाईलाई आफ्नो कार्यकालमा व्यवहारमा देखिने गरि काम गर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले स्थापनाकालदेखि उद्योगी व्यवसायिको हकहित, उनीहरुको व्यवसायिक प्रवद्र्धन तथा विकास र यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा संघले लगानी सहितको नतृत्वदायी भूमिकाको बारेमा जानकारी गराएका थिए । उनका अनुसार संघले यस क्षेत्रको शैक्षिक विकासका लागि लुम्बिनी बाणिज्य क्याम्पस स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखि क्याम्पसमा विज्ञान संकाय सञ्चालन, त्यस्तै स्वास्थ्यमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) स्थापना, लुम्बिनी प्रादेशिक अस्पतालमा तत्कालिन समयमा प्रसुतीकक्ष स्थापना, क्याविनहरु निर्माण, इलाका प्रहरी कार्यालय स्थापना लगायतका धेरै काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका भन्दा पनि जेठो संस्था बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा गरेको नेतृत्वदायी भूमिकाको खुलेर प्रसंशा गरे । उनले यहाँको विकासका लागि नगरपालिकाले रायसुझाव दिने र सहकार्यमा काम गर्ने गरिएको बताए ।
कार्यक्रममा संघका पूर्वकार्यसमिति सदस्य समेत रहेका आसन्न प्रनिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार चुन्नप्रसाद पौडेलले यस क्षेत्रको आर्थिक तथा सामाजिम विकासमा सक्दो योगदान गर्दै आएको र आगामी दिनमा पनि आफ्नो पूर्ण सहयोग रहने बताउँदै आगामी निर्वाचनमा व्यवसायिक क्षेत्रको प्रतिनीधि पनि भएकाले दलगत रुपमा नहेरी व्यवसायिको नाताले मत दिएर सहयोग आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सम्मानित पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...