विद्युतिय व्यवसायी संघका उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम


रुपन्देही
रुपन्देही विद्युतिय व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल नियमित रक्तदाता संघका सहकोषाध्यक्ष विष्णु भण्डारीले आफ्नो जन्मदिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।
रक्तदान जीवनदान रहेको र कोही पनि रगतको अभावले समस्यामा पर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भण्डारीले बताए।
व्यवसायी संघले विगतमा पनी केही पदाधिकारीहरुको जन्मदिनमा रक्तदान कार्यक्रम गर्ने गरेको र उपाध्यक्षको जागरुकता अत्यन्त महत्त्वपूर्ण रहेको संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ ले जानकारी दिए।
उनले रुपन्देही विद्युतिय व्यवसायी संघले रक्तदान मात्र नभएर रुपन्देहीको तिलोत्तमा भलवारी स्थित संघको सचिवालयमा क्रियापुत्री भवन निर्माण गरि सेवा दिंदै आएको जानकारी दिए।
उनले व्यवसाय संगै सामाजिक काममा अग्रसर रहको संघले लक्षित वर्गमा जाडोमा न्यानो कपडा वितरण र गर्मी याममा झुल लगाएतका सामाग्री वितरण, वृक्षरोपण, स्वास्थ्य शिविरजस्ता धेरै कामहरु गर्दै आएको जानकारी दिए।


नियमित रक्तदाता संघका अध्यक्ष दया सिलवालले विद्युतिय व्यवसायी संघले संघका वरिष्ठ उपाध्यक्ष तथा नियमित रक्तदाता संघका सहकोषाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम आयोजना गरी जिवन दान सरह पुण्य कर्म गरेकोमा खुसी व्यक्त गर्दै यसको सिको सवैले गर्नु पर्ने धारणा राखेका थिए।
रक्तसञ्चार केन्द्र बुटवलका अध्यक्ष अशेष सिलवालले अहिले’ ए’ पोजेटिभ रगतको अभाव देखिएको र जो कोहीले रक्तदान गरि पुण्य कमाउन अनुरोध गरे।
कार्यक्रममा उपाध्यक्ष रमा थापा क्षेत्री, महासचिव चिरञ्जिवी गैरे, सचिव जिवन पौडेल, सहसचिव वसन्त देव पौडेल,सदस्य विमल पौडेललगायतले वोल्दै संघका वरिष्ठ उपाध्यक्ष तथा नियमित रक्तदाता संघका सहकोषाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम गर्न पाउंदा सांच्चिकै गर्भ लागेको वताउदै जन्मदिनको शुभकामना दिँदै रक्तदान जीवनदान रहेको र रगतको अभावले कोही पनि समस्यामा पर्न नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने सवै रक्तदातालाई वधाई तथा शुभकामना दिएका थिए।
शनिबार रुपन्देहीको बुटवल रक्तसञ्चार केन्द्रमा सम्पन्न कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन्।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...