विद्युतिय व्यवसायी संघका उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम


रुपन्देही
रुपन्देही विद्युतिय व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल नियमित रक्तदाता संघका सहकोषाध्यक्ष विष्णु भण्डारीले आफ्नो जन्मदिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।
रक्तदान जीवनदान रहेको र कोही पनि रगतको अभावले समस्यामा पर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भण्डारीले बताए।
व्यवसायी संघले विगतमा पनी केही पदाधिकारीहरुको जन्मदिनमा रक्तदान कार्यक्रम गर्ने गरेको र उपाध्यक्षको जागरुकता अत्यन्त महत्त्वपूर्ण रहेको संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ ले जानकारी दिए।
उनले रुपन्देही विद्युतिय व्यवसायी संघले रक्तदान मात्र नभएर रुपन्देहीको तिलोत्तमा भलवारी स्थित संघको सचिवालयमा क्रियापुत्री भवन निर्माण गरि सेवा दिंदै आएको जानकारी दिए।
उनले व्यवसाय संगै सामाजिक काममा अग्रसर रहको संघले लक्षित वर्गमा जाडोमा न्यानो कपडा वितरण र गर्मी याममा झुल लगाएतका सामाग्री वितरण, वृक्षरोपण, स्वास्थ्य शिविरजस्ता धेरै कामहरु गर्दै आएको जानकारी दिए।


नियमित रक्तदाता संघका अध्यक्ष दया सिलवालले विद्युतिय व्यवसायी संघले संघका वरिष्ठ उपाध्यक्ष तथा नियमित रक्तदाता संघका सहकोषाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम आयोजना गरी जिवन दान सरह पुण्य कर्म गरेकोमा खुसी व्यक्त गर्दै यसको सिको सवैले गर्नु पर्ने धारणा राखेका थिए।
रक्तसञ्चार केन्द्र बुटवलका अध्यक्ष अशेष सिलवालले अहिले’ ए’ पोजेटिभ रगतको अभाव देखिएको र जो कोहीले रक्तदान गरि पुण्य कमाउन अनुरोध गरे।
कार्यक्रममा उपाध्यक्ष रमा थापा क्षेत्री, महासचिव चिरञ्जिवी गैरे, सचिव जिवन पौडेल, सहसचिव वसन्त देव पौडेल,सदस्य विमल पौडेललगायतले वोल्दै संघका वरिष्ठ उपाध्यक्ष तथा नियमित रक्तदाता संघका सहकोषाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम गर्न पाउंदा सांच्चिकै गर्भ लागेको वताउदै जन्मदिनको शुभकामना दिँदै रक्तदान जीवनदान रहेको र रगतको अभावले कोही पनि समस्यामा पर्न नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने सवै रक्तदातालाई वधाई तथा शुभकामना दिएका थिए।
शनिबार रुपन्देहीको बुटवल रक्तसञ्चार केन्द्रमा सम्पन्न कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन्।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...