गुल्मीको इस्मामा आगलागी


गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो ।
बोहरा हाल रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा ४ जना प्रहरी टोली र सशस्त्र प्रहरी बल गुल्म गुल्मीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कुशल कक्षपतिको कमाण्डमा ९ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए ।
स्थानीयवासी र रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा बिहान ५:१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भने नभएको छ । तर, घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...