कालिका मानवज्ञान माविमा नमूना संसदको अधिवेशन सम्पन्न


बुटवल
कालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । 
विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ । 
लेक्स नेपाल, लिगल एड्भोकेसी फोरम तथा लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको अधिवेशनमा रुपन्देहीमा कानून विषय पढाई भइरहेका ४ वटा विद्यालयको विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थी हरुविच गरिएको प्रत्यक्ष निर्वाचनबाट छनौट भएर आएका ४५ जना विद्यार्थीहरुले सभामुख, संघीय सरकारका मन्त्री र संसद सदस्यको भुमिका निर्वाह गरेका थिए ।
नमूना अधिवेशनमा शून्य समय, विशेष समय, विधेयक माथिको छलफल, प्रस्नोत्तर र मन्त्रीको जवाफ जस्ता सेसन सञ्चालन भएका थिए । त्यहाँ सांसदहरुले विभिन्न जिल्लाका आर्थिक, भौतिक र वातावणीय समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
नमूना संसद अधिवेशनको उदघाटन सत्रमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले हरेक विद्यार्थीहरुले देशको शासकीय पद्धतिको जानकारी लिनुपर्ने र यसकोलागि नमूना संसद कार्यक्रम सहयोगी हुने बताए। कालिकाको प्रधानाध्यापक दिनेश थापाले कानूनका  विद्यार्थीहरू परिवर्तनका वास्तविक सम्बाहक हुने भएकोले उनीहरूले अदालती दाउपेच मात्र जानेर नहुने भएकोले विद्यार्थीहरुको चौतर्फी विकासको लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । बुटवल कालिका क्याम्पसको क्याम्पस प्रमुख घनश्याम पाठक र लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीका प्रकाश अधिकारीले नमूना संसदीय अभ्यासले लोकतान्त्रिक व्यवस्थालाई बुझ्न र त्यसमा संलग्न हुन मद्दत पुग्ने बताए। 

कार्यक्रममा कानून समूहका ईन्चार्ज विमल आत्रेय, लेक्स नेपालका सञ्जोक न्यौपाने,  सैनामैना माविका शिक्षक लता खड्का, शिक्षक युवराज कँडेलले सहजीकरण गरेका थिए।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...