Saturday November 28, 2020  |    | 

भाइरल अर्जुन वि.कको `चाडबाड आउँदा´ दसैं गित दर्शकमाझ लोकप्रिय बन्दै।

IMG

गोविन्द भुसाल बुटवल,१७, असोज । नेपालीहरुको महान चार्ड दशैं नजिकिएको छ साथै कोभिड -१९ को संक्रमण तिव्र गतिमा बढी रहेको छ। यसैबीच सम्पुर्ण परदेशी मनहरु र घरपरिवारले परदेशीहरुको बाटो हेरिरहनु परेकोबेला नेपालमै बसेर दुबै मिलि पसिना बगाम बरु आधा पेट खाएर अघाम तर आफ्नो सन्तान आफ्नो परिवारसगै मिलेर सुखदुःख गरि दसैंतिहार मनाउ।यसै कुरालाई मध्यनजर गरेरे चर्चित लोकदोहोरी गायक रामचन्द्र चन्दको `चाडबाड आउँदा´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जसमा चर्चित लोकगायक रामचन्द्र चन्द र कमला पोखरेलको स्वर रहेको छ भने उक्त गित रामचन्द्र चन्दको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।त्यस्तै शब्द/ संगीत केशवराज न्यौपानेको रहेको छ भने संगीत संयोजन रामचन्द्र चन्दको रहेको छ। उक्त सार्वजनिक गितको भिडियोमा आमाबाबुको भुमिकामा अहिलेका भाइरल अर्जुन वि.क र रुबिना अधिकारी रहेका छन् भने छोराछोरीको भुमिकामा बाल कलाकार अमिरा थापा अनि अर्का बाल कलाकार बिकास वि.क. को अभिनय हेर्न सकिन्छ। यसैगरी हुम गैरेको निर्देशन/ सम्पादनमा बसन्त महर्जनको छायांकन रहेको छ भने अडियो रेकर्डिङ मञ्जरि डिजिटलमा गरिएको र भिडियो निर्माण विशाल मुभिज प्रा.लिले गरेको छ। त्यस्तै उक्त गितमा आमाबाबुले सुखदुःख गरि आधा पेट खाएर भएपनि आफ्नो सन्तानको खुशीलाई कहिले दुखी नबनाएको र सन्तानको लागी आफुहरुले भोगेको सुखदुखलाई जस्ताकोतस्तै दर्शक माझ ल्याइएको देख्न पाहिन्छ।

भिडियो हेर्न यो लिकं खोल्नुहोस् ।

https://www.youtube.com/watch?v=6ELG6FbYH5o&feature=youtu.be&fbclid=IwAR0evDtdat4NTkj77I1i6MX6eDQqc0HZwcCD5n6-JiimBE1u3PzGsKARlqA

कमेन्ट गर्नुहोस्