Tuesday December 1, 2020  |    | 

`म परदेशी´ छोटो समयमा नै सबैको मनमुटुमा बस्न सफल

IMG

गोविन्द भुसाल बुटवल,१४ असोज । कस्तो दसैं भयो यसपालि मेरो निधार आमाको हातखालि

असोज महिना गित संगीतको भिड हुने अहिलेको अबस्था अर्थात् दसैंतिहारका गित गाउने र भिडियो बनाएर बजार ब्यबस्थापन गर्ने माहोल चलिरहेको छ। यसरी बजारमा दसैंतिहारका गित आइरहेको बेला कति गितहरु समय सन्दर्भ छन् भने कति गितहरु फरक सैलिमा प्रस्तुत भएका छन्। यसै कुरालाई मध्यनजर गरेरे लोकदोहोरी गायक नारायण घर्तीको `म परदेशी´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जसमा लोकगायक नारायण घर्तीको स्वर र शब्द रहेको छ भने उक्त गित रामचन्द्र चन्दको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।त्यस्तै लय गोविन्द न्यौपानेको रहेको छ भने संगीत संयोजन रामचन्द्र चन्दको रहेको छ।उक्त सार्वजनिक गितको भिडियोमा परदेशीको भुमिकामा अर्जुन वि.क र बिकास वि.क रहेका छन् भने आमाको भुमिकामा रमा थपलियाको अभिनय हेर्न सकिन्छ। स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको भिडियोमा सुरेस श्रेष्ठको छायांकन छ भने उक्त गितको सम्पादन प्रकाश धमलाले गरेका छन्। त्यस्तै उक्त गितमा परदेशी र घरमा एक्लै भएकी आमाको वेदनालाई जस्ताकोतस्तै दर्शक माझ ल्याइएको देख्न पाहिन्छ। 

भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=KbuIPc471mk&feature=share&fbclid=IwAR2wN1yaNyqf5PBjaWVSDLMI7gq5VwNTpQjJIsOztKESXvjDdVzoTU83P3w

कमेन्ट गर्नुहोस्