Thursday January 21, 2021  |    | 

अरुको सृजनामा आँखा नलागोस् : वरिष्ट गायक कार्की

IMG
गोविन्द भुसाल,बुटवल । 
हिजोआज नेपालीबजारमा पुराना होस् या नयाँ गित होस् या संगीत  कतै कतै मेल खान गएको देखिन्छ।यसको कारण धेरैजसो कलाकारहरु विवादमा पनि आउने गरेको देख्न र सुन्न पाइन्छ। यसरी गित संगीत कपि भइरहदा बास्तबिक कलाकार मर्कामा परेको पनि सुन्नमा आउछ। यसरी एउटाको सृजनालाई कपि गर्नु गलत मान्निछ।कति जानीजानी कपि गरिन्छ त कति अन्जानमा कपि हुन्छन्।यसरी कपि भइरहदा बास्तबिक सर्जकहरु ओझेलमा पर्छन् भने नयाँ कलाकार हाइलाइटमा आएको पनि देख्न पाइन्छ। धेरै बर्षपहिले बजारमा आएको बरिस्ठ गायक  बोम बहादुर कार्किको पुरानो असारे गित 'वाली'रायमाझी परिवारका दाजुबहिनिले केहि महिना अगाडि 'पातली नानी' नामबाट सार्वजनिक गरेको थिए।यो गितले धेरै नै चर्चा पाएको थियो तर यसका बास्तबिक सर्जक बरिस्ठ गायक बोम बहादुर कार्की ओझेलमा पर्नुभयो। जसरी 'पातली नानी' गित देशबिदेशमा चर्चामा आयो त्यसरी नै यो गित हुबहु भाका 'वाली' गित संग मिलेको भनेर अग्रज तथा नयाँ कलाकारहरुले समेत सर्वाधिक चासोको विषय बन्यो। सो सम्बन्धमा सहअधिकार प्राप्तिका लागि म्युजिक नेपाललाई  ध्यानाकर्षण गराएको र कानुनि प्रक्रिया अगाडि बढाइ सरोकारवाला संग सम्पर्क गरि प्रत्यक्ष छलफलबाट रायमाझी परिवारसंग गित मिलेको कुरा सहर्ष स्वीकार गरि असारे गित हटाइएको छ। 

 यसरी बरिस्ठ कलाकार बोम बहादुर कार्किले आफ्नो फेस्बुकमा लेख्नुहुन्छस्:
२०४५ सालमा तत्कालीन रत्न रेकर्डिङ संस्थानद्वारा आयोजित अन्तर्संस्थान लोक गीत प्रतियोगितामा रेडियो नेपालको तर्फबाट सहभागी भई पुरस्कृत भएको र मैले २०४५ सालमा नै म्युजिक नेपालमा रेकर्ड गरी रेडियो नेपालमा समेत दर्ता गरेको यो असारे गीत ' वाली ' केही समय अघि ' पातली नानी ' नामबाट रायमाझी परिवारले सार्वजनिक गरेको हुबहु भाका मिलेको गीत देस विदेसमा रहनुहुने अग्रज कलाकारहरुको समेत सर्वाधिक चासोको बिषय बनेको हुँदा सो सम्बन्धमा सह अधिकारप्राप्त म्युजिक नेपाललाई ध्यानाकर्षण गराएको थिएँ , तत्पश्चात म्युजिक नेपालले आफ्नो कानुनी प्रक्रिया अगाडि बढाई सरोकारवालासङ्ग सम्पर्क गरी प्रत्यक्ष छलफलबाट  रायमाझी परिवार गीत मिलेको कुरा सहर्ष स्वीकार गर्दै आफ्नो युटुब च्यानलबाट उक्त असारे गीत हटाउन सहमत भई सोही दिन (तीन दिन अघि ) गीत हटाएको जानकारी म्युजिक नेपालबाट प्राप्त भएकोले यससङ्ग सरोकार राख्ने सम्पूर्ण शुभचिन्तकज्युहरु र भूलबस रेकर्ड भएको भनी हाम्रो सम्मान स्वरुप ब्यबहारिक र कानुनी मर्यादा कायम राखी  सहजरूपमा आफ्नो युटुब च्यानलबाट गीत हटाउने रायमाझी परिवारका भाइबहिनीहरुलाई पनि म धन्यवाद दिन चाहन्छु र हाम्रो सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ बन्दै जाओस् ,यस्ता विवादित गीत सङ्गीतमा सह अस्तित्वको लागि संयुक्त रूपमा साझेदार बन्न सकौँ १ कसैको गीतको मिल्दोजुल्दो रुपबाट टाढै रहौँ १ अरुको सिर्जनामा आँखा नलागोस् अनैतिक सोच परपर भागोस्, बिकृतिमूलक गीत सङ्गीत भन्दा संस्कृतिमूलक गीत सङ्गीतको हिमायती बनौँ , जय गीत जय सङ्गीत । 

यसैबीच कुनैपनि सर्जक वा कलाकारले आफ्नोपन र आफ्नो मौलिकतामा रहेर सृजना गर्ने हो भने सधै सफल हुनसकिन्छ  त्यसैले कसैको सृजना कपि नगरौं र आफ्नोपन लाई निरन्तरता दिनुपर्ने कुरा लोक गायक शिशिर भुसालले बाताउनुभयो।

कमेन्ट गर्नुहोस्