Thursday January 21, 2021  |    | 

युवा क्लबद्वारा वडालाइ एक लाख ९० हजार सहयाेग प्रदान

IMG

गुल्मी । काेराेना राेकथामका लागि श्रीजनशील युवा समूहले अाफ्नाे वडालार्इ १ लाख ९० हजार सहयाेग रकम हस्तान्तरण गरेको छ । गुल्मीकाे दरबार गाउपलिका , वडा नं २ मा रहेकाे साे समूहले वृत्तचित्र प्रदर्शनीबाट संकलन भएकाे केही रकम सहयाेग गरेकाे हाे । साे रकम कोरोना विपत तथा व्यवस्थापनमा खर्च गर्ने गरी हस्तान्तरण गरिएको वडा अध्यक्ष हरिहर गौतमले बताउनुभयो ।

गाउँपालिकाले तोकिएको क्वारेन्टाइन स्थलमा १४ दिन बसि आरडिटी नेगेटिभ भएकाहरूलार्इ घर पठाउने गरेकाे छ । स्थानिय विद्यालयमा निर्माण गरिएकाे क्वारेन्टाइनमा स्थानियवासीले खानाकाे व्यवस्थापन गर्दै अाएका छन् भने बाहिरबाट अाएकालार्इ क्वारेन्टाइन स्थलसम्म जाने अाउने व्यवस्था क्लबले गरेकाे छ । "क्वारेन्टिन स्थलबाट गाउँ सम्म र जुभुङ्गका अन्य क्वारेन्टाइन स्थलसम्म यातायात सुविधा सहज हाेस् भन्ने क्लबको लक्ष्य छ, सो लक्ष्य अनुसार हामिले पनि समन्वय गरिरहेका छाैं",गाउँपालिका अध्यक्ष गौतमले भन्नुभयाे। विश्व हाल कोरोना भाइरल (कोभिड-19) को मारमा परेका बेलामा क्लबकाे सहयोग अाएकाेमा प्रशंसा गर्दै गौतमले धन्यवाद समेत व्यक्त गर्नुभयाे ।

उता, दरबार गाउपलिकाकाे बारेमा तयार पारिएकाे वृत्तचित्रबाट उठेकाे रकम अन्य सामाजिक काममा पनि खर्च गरिने क्लबले बताएकाे छ । लकडाउनको समय अवधिमा साबिक जुभुङ्ग गाविसको वृत्तचित्र निर्माण गरिएको हाे। स्थानीय श्रोत साधनको प्रयोग र देश विदेशमा रहेका गाउँवासिको आर्थिक सहयोगमा वृत्तचित्र निर्माण भएको क्लबका अध्यक्ष अमर पल्लिले बताउनु भयो । "हामीले वृत्तचित्र निर्माण प्रारम्भ गर्दा नै कोरोनाकाे विपत व्यवस्थापनका लागी सहयोग गर्ने उद्देश राखेका थियाैं । विपतको समयमा पनि देश तथा विदेशमा रहेका गाउँबासिले अर्थिक सहयोग गर्नु भयो । संकलन रकमको केहि वृत्तचित्र निर्माणमा खर्च भएकाे छ भने अलिकति गाउँपालिकाकाे समन्वयमा र केही रकम क्लबबाटै पनि सामाजिक कार्यमा खर्च भर्इ रहेकाे छ ।", पल्लिले बताउनुभयो ।


कमेन्ट गर्नुहोस्