Thursday January 21, 2021  |    | 

सरकारलाई दीपकराज गिरीको व्यङ्ग्य, ‘सकारात्मक सोचौं न, कोरोनाको औषधि नेपालमा पत्ता लाग्यो ’

IMG
काठमाडौं । विश्वमा यतिबेला कोरोनाको कहर छ । कोरोनाको कारण नेपालमा पनि लकडाउन भएको महिना दिन पुगिसकेको छ ।

लकडाउनका कारण बन्द व्यवसाय, अफिसलगायत सबै क्षेत्र बन्द छन् । कोरोनाबाट कसरी सुरक्षित रहने, कसरी पहिलेको अवस्थामा फर्किने भन्ने चिन्ता यतिबेला सबैमा छ ।

यस्तो बेला सरकारले भने अध्यादेश मार्फत राजनीतिक दलसम्बन्धी कानुन संशोधन गरेको छ । 

कोरोनाको महामारीको विषम परिस्थितिमा देश रहेको बेला सरकारले ल्याएको अध्यादेशको विभिन्न राजनीतिक दलले बेमौसमी बाजा भनिरहेका छन् । 

सरकारले ल्याएको यो अध्यादेशको कलाकारहरुले पनि आ–आफ्नो तवरले टिप्पणी गरिरहेका छन् ।

यस्तैमा अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुक मार्फत एक स्टाटस पोष्ट गर्दै व्यङ्ग्यात्मक रुपमा अध्यादेशको विरोध गरेका छन् ।

‘सकारात्मक सोचौ न यार, कोरोनाको औषधि नेपालमा पत्ता लात्यो १’ उनले स्टाटसमा लेखेका छन् ‘धेरै दिनदेखिको प्रयास सफल ‘राष्ट्रपतिद्वारा विधेयकमा हस्ताक्षर ।’

कोरोनाको नियन्त्रणमा गम्भीर भएर लाग्नुपर्नेमा अनावश्यक राजनीतिक दाउपेचमा सरकार फसेको गिरीको व्यङ्ग्यको आशय छ । 

कमेन्ट गर्नुहोस्